Skip to content

सयौं खोला तरी आएँ मायालुलाई भेट्न

  • by


सयौं खोला तरी आएँ मायालुलाई भेट्न
मेरो माया करौती भो मेरै गला रेट्न
मायालुकै सम्झनाले दुखे पलपल
किन गरौ माया मलाई यति ठुलो छल
मायालुको सम्झनालाई सकिन नि मेट्न
सयौं खोला तरी आएँ मायालुलाई भेट्न ।

घातै -घातको तीर रोप्यौ मेरो छातीमाथि
फेरि रोप्यौ तीर तिमीले मेरो छाती जाँची
कति ठुलो घात मलाई हात दिएपछि
छिया छिया पर्यौ मुटु तिमीले तीर घसी
कहिले तिमीलाई भेटौ भन्थें आतुर थ्यो देख्न
सयौं खोला तरी आएँ मायालुलाई भेट्न ।

जुन भने मायालुलाई नयनाकासमा देख्दा
औंसी जस्तै भयो आज मेरो जुन छेक्दा
कसो गरी सहनु हो चोट मायालुको
झल्को आउछ कोरीबाटी आँखा गाजलुको
सकिन नि फोटो मैले निष्ठुरीको फेक्न
सयौं खोला तरी आएँ मायालुलाई भेट्न ।

तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल:बहराइन ,
२०६७/९/२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *