शुभ-दिपावली २०६७ को पावन अबसरमा देश बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाइ दिदी बहिनीहरूमा यिनै गेडीमार्फत हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
साथी भाइ, मिलेर, तिहारको, बेलामा
गरौ अब, सबैले, रमाइलो, मानेर
मनाअौं
झिलिमिली सारा बनाअौं।
चाडपर्ब, संस्कृति, हाम्रा साझा, सम्पत्ति
जोगाउनु, पर्छ है, युवा जोस, सम्हाली,
सोचेर
राम्रा कुरा, साचौ खोजेर।
तिहारमा, साथी हो, दिर्घायुको, कामना
उमंगले, सबैको, खुशी छाहोस, मनमा,
चाहना
तिहारको शुभ-कामना।
दिदी बैनी, सबैमा, यो भाइको, चाहना
हाँसी खुशी, रहनु, तिहारको, बेलामा
नरुनु
माइती नभए झै नहुनु।
लक्ष्मीपूजा, गरेर, घर्को रंग फेरेर
दिपावाली, गर्नु है, आफ्नो, घाँटी हेरेर,
नसर्नु
देखा सिखी अब नगर्नु।
नेताहरू, सबैमा, राम्रो मति आहोस
नेपालीमा, चाडैनै, सुख शान्ति छाहोस
कामना
शान्ति नै हो हाम्रो चाहना।
तीर्थ”यात्री”पौडेल
लखनपुर३ झापा, नेपाल
हाल:बहराइन
२०६७/७/१८