प्रियसीलाई सपनीमा देख्छु म त हिजो आज
उनकै नाम हातभरि लेख्छु म त हिजो आज
उनी मेरै स्वागतमा पर्खिनछिन् रे जुनसँगै
थाहै नदिई मनको संघार टेक्छु म त हिजो आज
बिपनामा तस्बिर कोर्छु एकान्तमा टोलाउँदै
दुनियाँको नजरलाई छेक्छु म त हिजो आज
उनी उता म छु यता चखेवाको जोडी सरी
तर पनि न्यानो प्रीत सक्छु म त हिजो आज
तीर्थ (यात्री) पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन
२०६७/९/१७
