फूल बोकी प्रियतमको पर्खाइमा टोलाउदा
कति मिठा उनका नजर कर्काइमा टोलाउदा ।
बाटो हेर्दा सधै उनको नयन रारा फेवा हुँदा
निराश मन लिई घर फर्काइमा टोलाउदा ।
नयनमै बास उनको हर रात सपनीमा
छम छम नाच्दा कम्मर मर्काइमा टोलाउँदा ।
रिसाएर बोले पनि माया मिसाई बोल्ने बानी
मिठो उनको बोली बचन झर्काइमा टोलाउदा ।
तीरथ”यात्री”पौडेल,
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन,
२०६७/१०/२०

tamor waari
hamro sir ko dahri ramro chha badai chha ,keep it sir