Skip to content

भन्नुपर्ने मनको व्यथा

  • by


भन्नुपर्ने मनको व्यथा अझै बाँकी छ
लेख्नुपर्ने सानो कथा अझै बाँकी छ

हो छैन मसँग धन दौलत तर पनि
साहित्यको भिन्नै ज्यथा अझै बाँकी छ

पुग्नुछ धेरै टाढा चुम्नुछ क्षितिज
खैर जिन्दगीको लता अझै बाँकी छ

गुमनाम म पक्कै छुईन शहरभित्रै छु
आउ खोज्न अतापता अझै बाँकी छ

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *