आजभोलि पिउनेहरू रातै आफ्ना ठान्दा रैछन
भोलिपल्टै उत्रिजाने मातै आफ्ना ठान्दा रैछन
नशा यति चढाउँछन होसै हुन्न कुनैबेला
एकहोरो बोल्ने सबै बातै आफ्ना ठान्दा रैछन
घरकी जेठी शत्रु ठान्छ कान्छीसँग भट्टी पस्छ
त्यै कान्छीले सधैं हान्ने लातै आफ्ना ठान्दा रैछन
मध्यरातमा लड्खडाई बीच सड्कमा पछारिदाँ
न्यानो तातो कुकुरको साथै आफ्ना ठान्दा रैछन
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
