Skip to content

के लेख्छ र गजल नाथे जिन्दगीको

  • by


के लेख्छ र गजल नाथे जिन्दगीको
के गर्छ र पहल नाथे जिन्दगीको

झुपडीमै बितायो उस्ले पूरा जीवन
केलाई आश महल नाथे जिन्दगीको

भाग्यले ठग्यो र त हार्छ सधैंभरि
कहाँ हुन्थ्यो सफल नाथे जिन्दगीको

खराब छ परिवेश उस्तै छ पात्र
किन हुन्थ्यो असल नाथे जिन्दगीको

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *