Skip to content

ठूलो सानो कथा

  • by


ठूलो सानो कथा त सबैसँग हुन्छ
धेरै थोरै व्यथा त सबैसँग हुन्छ

धर्तीमाथि छानो आकाश भएपछि
शिर ढाक्ने ज्याथा त सबैसँग हुन्छ

आ-आफ्नो राज्यमा आफ्नै हालीमुहाली
सानो-तिनो सत्ता त सबैसँग हुन्छ

कोही बोल्छन् मिठो कोही लेख्छन् राम्रो
साजसज्जाको लत्ता त सबैसँग हुन्छ

बिना तामाङ्ग ‘सुनगाभा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *