मेरो सोधाई तिमीलाई समिपमा आयौ किन?
तिरस्कार नै गर्नुथ्यो त झुटो माया लायौ किन?
वर्षौंदेखिको सम्बन्ध यो भत्काएर जानुथ्यो त
आँखाभरिका सपनाहरू आफैसँग लानुथ्यो त
आजीवन तिम्रै हुन्छु भन्दै कसम खायौ किन?
मेरो सोधाई तिमीलाई समिपमा आयौ किन?
पासाङ मेरो घरको आंगनमा
यतिखेर त आबाले
लामा म्हेमे बोलाएर
तामाको बुम्बामा
तितेपातीको घडा थापे होलान् है
अनि मन्द स्याङको आवाजसँगै
आमा बिहानै लिपेको दैलोमा
नयाँ वर्ष भित्र्याउन
ओहोरदोहोर गरिरहेकी होलिन् है
मिठो एउटा सपनी पो देखुँ देखुँ लाग्यो
तिम्रै यादमा एउटा गीत लेखुँ लेखुँ लाग्यो
तिमी घाम म जून हाम्रो मिलन हुदैं हुन्न
थाहा छ घामलाई जूनले कहिल्यै छुदैं छुन्न
र पनि यो मुटु तिम्रो रापमा सेकुँ सेकुँ लाग्यो
तिम्रै यादमा एउटा गीत लेखुँ लेखुँ लाग्यो