जताततै काटामार, मानव् मूल्य सस्तो होला?
परिवेश यस्तो छ, सिकाई अनि कस्तो होला?
तेरो मेरो किन भन्छन्? आखिर् सबै आफ्नै त हो
बराबरी ठान्दा धर्ती, आकाश् यहीँ खस्दो होला?
लुछाचुडीँ गर्दै यहाँ, गृहयुद्ध मच्चाउँदा
प्रकृतीका अन्य प्राणी, मिलिजुली बस्दो होला
हाम्रो सन्तान् जो गर्भमा छन्, भोलि उस्ले आँखा खोल्दा
घृणित् यो लडाँई देख्दा मन्मा चिसो पस्दो होला
आफ्नै घर, आफ्नै सन्तान्, आफ्नै स्वर्ग, आफ्नै धर्ती
खोसिर’दाँ, के जातिको हात्मा नरिवल् जस्तो होला
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
