चुपचाप निदरीमा आउने गर्छौ, कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ, कस्तो तिमी?
खोलाहरु सुसेलेर उर्ली-उर्ली बग्न थाल्यो
हुरी जस्तै उडिआई चैन मेरो लग्न थाल्यो
मनै हर्ने भाका झिकी गाउने गर्छौ, कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ, कस्तो तिमी?
भेट हुदाँ बोल्न खोजे मुस्कुराउने माया तिमी
अघिपछि जहिले पनि पछि लाग्ने छाँया तिमी
बोल्यौ भने मोहनी नै लाउने गर्छौ, कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ, कस्तो तिमी?
चुपचाप निदरीमा आउने गर्छौ, कस्तो तिमी?
आँखाभरि सपनीमा छाउने गर्छौ, कस्तो तिमी?
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
