उस्तै छाला उस्तै हाड
उस्तै ती नशाहरू
उस्तै मासु उस्तै रगत्
उस्तै ती बहावहरू
उस्तै मुटु उस्तै धड्कन
उस्तै ती श्वासहरू
उस्तै आँखा उस्तै नजर
उस्तै ती दृश्यहरू
फेरि यो भिन्नता किन?
अनि विभेद किन?
म मान्छे ऊ मान्छे
तिमी मान्छे हामी मान्छे
फेरि यो शत्रुताको आभास किन?
मान्छे मान्छे बीच द्वन्द
मान्छे मान्छे बीच क्रन्दन किन?
ईश्वर उही, प्रभु उही
बुद्द उही, अल्लाह उही
मात्र आस्था फरक हुन्छ
आखिर भगवान एकै हुन्छ
तोड यो संकिर्णता
छोड यो धर्म विभेद
फोड यो रङ्गभेद
सबै ध्यय मानवहित
आउ मिलौं सबैसित
मनका ईर्ष्या द्वेषहरू
रिसरागका अवशेषहरू
सबै सबै त्यागौं
एकले अर्कालाई
सबै धर्मलाई
सम्मान गरौं
आदर गरौं
आत्मियताको उचाँई थप्दै
एक हौं भन्ने मन्त्र जप्दै
अघि बढौं मान्छे हामी
सृष्टिको नियम थामी
चिनारी दिऊँ मान्छे भनी
किनकि हामी मान्छे हौं
विबिकशिल प्राणी हौं
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं ।
