तिमी खेल्छौ जुवातास मेरो के लाग्छ र ?
भैइसक्यौ पाटीबास मेरो के लाग्छ र ?
तन्तनी तान्यौ चुरोट्, मुटु जल्दै गैइ
खरानीको भयो ह्रास मेरो के लाग्छ र ?
सामान्य थ्यो जिन्दगी, सामान्यमै बित्यो
नभएरै कुनै खास मेरो के लाग्छ र ?
जिन्दगीको परीक्षमा धेरै फेल् हुन्छौ
थोरै मात्रै हुन्छौ पास मेरो के लाग्छ र ?
गल्ती गर्यौ र पायौ सजायमा तिम्ले
जिन्दगीको अवकास मेरो के लाग्छ र ?
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

hi
tapai ko gazal aashad 15 gate radio sudur awaz bata prasharan bhayo
station ko no
096-420746
धन्यवाद सनत जी
धन्यवाद यहाँलाई यो आत्मियताको लागि।आगामी दिनहरुमा पनि यस्तै आशा गरें।