आजभोलि म विचारशील भाको छु
बडो गज्जबको कुरा सोच्छु
अनि मन मनै दङ्ग पर्छु
मैले नयाँ कुरा पत्ता लगाए नि
हो मैले नयाँ कुरा पत्ता लगाएको छु
सोध्नुहोला के भनेर
म आफै भनिहाल्छु
तर जिब्रो नलेप्र्याउनु होला
तपाँईहरूलाई सामान्य पनि लाग्न सक्छ
त्यो हो विज्ञानले फेल खाएको छ
हो विज्ञानले फेल खाएको छ
आजभोलि मेरो मष्तिस्कमा
एउटै कुरा घुम्छ
बाँदर त बाँदरै रहेछ
फेरि हाँस्न थाल्नुभो?
कुन नौलो कुरा हो र?
तर मेरो लागि भयो
नहाँस्नुस है
साँच्चै बाँदर त बाँदरै रहेछ
वैज्ञानिकहरूले भने
बाँदर हाम्रो पुर्खा भनेर
तर मलाई लाग्दैन
यदि त्यसो हुदोँ हो त
समय परिवर्तनसंगै मानवमा परिणत हुनुपर्ने
भएनन् त
ति आदिमकालमा पनि
जंगल चहार्थे
मानिसको सुन्दर बगैँचा ध्वस्त पार्थे
अर्काका घर भत्काउथे
चिथोरेर घाउ नै घाउ बनाईदिन्थे
हुलका हुल बाँधेर मन्दिरमा
चढाउन लगिएका प्रसाद खोस्थे
अनि रुखको टुप्पामा गएर
ङिच्च दाँत देखाएर हाँस्थे
लाज नभएका वेसरम
हामी विवश हुन्थ्यौं
किनकि हामी मात्र त्यसलाई
हा हा भनेर लखेटन सक्थ्यौं
न कि रुख चढेर लखेटन
किनकि तिनीहरू आदिमकालका
बाँदर थिए
बश अहिले पनि उही बाँदरहरू छन्
फरक मात्र रुप र शैलीको
वर्तमानको बाँदरहरू सिहंदरबार पस्छन्
अन्तराष्ट्रिय सम्मेलन हलमा
जोड जोडले टेबल ठटाउँछन्
जनताका पसिना चुस्छन्
यो गर्छु उ गर्छु भाषण दिन्छन्
अनि उड्ने चिलमा उड्दै
ङिच्च दाँत देखाउँछन्
लाग्छ ई खा भनिरहेछन्
हाम्रो छाला काढेर
चर्को घाममा सुकाउँछन्
अनि पोलिस दलेर
विदेशीको खुट्टामा टलक्क टल्कने
जुत्ता बनाउँछन्
त्यसैले विज्ञानले फेल खायो
बाँदर बाँदरै हो मान्छे हैन
ऋणमाथि ऋण बोकाउँछन्
हाम्रा बास उठिबास् लाउँछन्
र आलिशान महलमा
पुच्छर हल्लाउँदै तातोपानीमा
आफूलाई घण्टौं चोपल्छन्
हामी कठ्याङग्रिएर सडकमा नढल्दासम्म
बस उही दु:ख उही पीडा दिन्छन्
बिगो उही गर्छन्
मात्र शैली फरक छ
त्यसैले बाँदर बाँदरै हो
मान्छे कहिल्यै बन्न सकेनन्
विज्ञानले फेल खाएकै हो
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

dherai ramro lagyo.bartaman
dherai ramro lagyo.bartaman netaharu bastabmai bandar haru nai hun.bas,bhasa saili ra rup rarak chha.
dhanyabada yahalai..pakkkai
dhanyabada yahalai..pakkkai pani .mero bichar sanga sahamat hunuvayekoma hajurlai muri muri dhanaybad.