तामाङ साहित्यलाई निरन्तर रुपमा उत्थान, जगेर्ना एवं विकासका हेतु संचालित तामाङ डाजाङको नियमित गोष्ठीको १०१ औं शृखला मिति २०६८ आश्विन २८ गते शनिबार आर आर क्याम्पस प्रदर्शनीमार्गमा सम्पन्न भएको छ।
डाजाङको यस गोष्ठीको संचालन स्रष्टा श्रीयोगेश राल्फालीले गर्नुभएको थियो। गोष्ठी अवधिभर स्रष्टाहरूले विभिन्न विधामा (कविता, गीत, गजल, लघु कथा) आफ्ना रचना वाचन गर्नुभएको थियो भने स्रष्टाहरूको हुलमा केही नयाँ अनुहार पनि देखिएको थियो। डाजाङको यस साहित्यिक गोष्ठीको मुख्य विशेषता भनेको हरेक शृंखलामा डाजाङले तामाङ समुदायका विभिन्न क्षेत्रका सेलिब्रेटीहरूलाई निमन्त्रणा गर्ने र उहाँहरू आफ्नो व्यस्त समयलाई थाँती राखेर भएपनि निमन्त्रणालाई स्वीकारी आतिथ्यता ग्रहण गर्नुहुन्छ । कहिले तामाङ भाषामा P.H.D. गर्नु भएका फ्रान्सेली नागरिक मार्टिन मजाउद त कहिले हिरो एक्टिङ टु एण्ड मोर्डन डे स्लेभरी अवार्ड २०११ अर्वाडद्धरा सम्मानित चरिमाया तामाङ अनि कहिले तामाङ लेखक तथा सहित्यकार बिगेन्द्र वाइबा, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानजस्ता सम्मानिय व्यक्तित्वको गरिमामय उपस्थिति डाजाङले पाईसकेकोछ।

यसै अभ्यासलाई निरन्तरता दिने क्रममा डाजाङको१०१औं शृंखलामा N.T.V.2 को तामाङ भाषाको कार्यक्रम म्हेन्दोला फोलेको प्रस्तोता श्री सुनिल लामा, संचारकर्मी एवं रेडियो नेपालको बोर्ड मेम्बर श्रीअमरध्वज लामा, तामाङ घेदुङको पुर्वाध्यक्ष श्री धनप्रसाद तामाङ पत्रकार(कान्तिपुर पत्रीका) एवं साहित्यकार फुलमान बलको गरिमामय उपस्थिति डाजाङको१०१औं शृंखलामा रहेको थियो।
उहाँहरू आफ्नो विचार सहितको छोटो मीठो रचना वाचनले गोष्ठीको शोभा बढाएको थियो। यस गोष्ठीको रोचक पक्ष भनेको गोष्ठीमा उपस्थित स्रष्टाहरू कुनै विषेश भेगिय रुपमा नभैई नेपालको बिभिन्न भाग सिन्धुली, नुवाकोट, रसुवा, काभ्रे, ललितपुर, काठमाण्डौं, भक्तपुर र मकवानपुरको प्रतिनिधित्व भएको पाइन्छ र गोष्ठी प्रति उहाँहरूको लागव यति पाईन्छ कि कुनै चाडवाड विषेशले गोष्ठीलाई प्रवाभ पार्दैन।नियमित रुपमा ५०, ६० को हाराहारीमा स्रष्टाहरूको बाक्लै उपस्थिति डाजाङमा रहने गरेको पाईन्छ।
सायद यो डाजाङको व्यवस्थापकिय सबल पाटो हो कि सूचना सम्प्रेष्णमा कुनै कन्ञ्जुस्याँई हुदैंन। गोष्ठीमा वाचन गरिएका रचनाहरू विविध थिममा आधारित रहेको पाईन्छ। तामाङहरूको हकहित, अधिकार, चेतनालाई समेटिएका रचनाका साथै मायापिरतीका पाटालाई समेत स्रष्टाहरूले आफ्ना रचनामा गोलबन्दी गर्न सफल देखिनुहुन्छ।
यसरी डाजाङले तामाङ साहित्यको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउदैं एउटा ठूलो फड्को मार्न सफल भएको छ। तामाङ भाषा, साहित्य, कला, संस्कृतीलाई आत्मसाथ गर्दै यसको उत्थान र विकासमा डाजाङको अतुलनिय देन दिदैं आएको कुरा आफैमा सम्मानजक र गर्व गर्न लायकको छ। गोष्ठीलाई यो हद सम्म सफल बनाउन धेरै भन्दा धेरै स्रष्टाहरूको हात छ। सबैको नाम यहाँ उल्लेख गर्न असमर्थ भएता पनि नलिई नहुने नामहरूमा आदरणिय व्यक्तित्व एवं भाषाविद श्री अ मृत योञ्जन, स्रष्टा एवं संचारकर्मी श्री बुद्ध योञ्जन, स्रष्टा एवं संचारकर्मी श्री सन्चु ब्लोन, स्रष्टा श्री योगेश राल्फाली, पत्रकार अर्जुन पाख्रिन, संचारकर्मी बिष्णु दोङहरू हुनुहुन्छ।
साथै डाजाङलाई अगाध माया गरेर आफ्नो अति व्यस्त समयको बाबुजुत पनि आफ्नो उपस्थिति जनाउनु हुने सम्पुर्ण स्रष्टाहरूको सदाशयता, सहयोगले डाजाङको भविष्य सुनौलो देखिन्छ, सिमित परिधिभित्र रहेर पनि व्यापक क्षेत्र समेट्न सफल डाजाङ आज आफैमा एउटा गौरवमय नाम बन्न सफल देखिन्छ। अझ यसले आफ्नोक् षेत्र र दायरालाई मोफसलसम्म पुर्याउन सकोस र आगामी दिनहरूमा अझ बढि सफलता प्राप्त गर्न सकोस भन्ने शुभकामना समेत दिन चाहन्छु।
धन्यवाद।
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
