Skip to content

पाएँ आज उदास यी आँखाहरू


पाएँ आज उदास यी आँखाहरू एकान्तमा
लाग्न थाल्यो फूल बिना शाखाहरू एकान्तमा

जन्मभूमि छाडिगयौ परदेशी बन्न पुग्यौ
रित्तो रित्तो भो आमाको काखाहरू एकान्तमा

बज्दाखेरी मादलका घिन्ताङ्मा नाच्ने गर्थें
तिमीसँगै हराएछन् भाकाहरू एकान्तमा

दाजु तिमी सम्झी सम्झी रुन्छ जब मन मेरो
लाग्न थाल्छ उजाड यी पाखाहरू एकान्तमा

तिमी जस्तै लाखौँ युवा बिदेसिँदा आज फेरि
थुनौ थुनौ लाग्न थाल्छ नाकाहरू एकान्तमा

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

3 thoughts on “पाएँ आज उदास यी आँखाहरू”

  1. तिमी जस्तै लाखौँ युवा
    तिमी जस्तै लाखौँ युवा बिदेसिँदा आज फेरि
    थुनौ थुनौ लाग्न थाल्छ नाकाहरू एकान्तमा

    Much appreciate Bina ji, Keep it up!

  2. Like
    पाएँ आज उदास यी आँखाहरू एकान्तमा
    लाग्न थाल्यो फूल बिना शाखाहरू एकान्तमा

    Much appreciate Bina ji, Keep it up!

Leave a Reply

Your email address will not be published. Required fields are marked *