किन होला फूलले पनि बिझाउँछ आजभोलि
अतीतका यादहरूले रुवाउँछ आजभोलि
भुल्न खोजें, ती मिलनका सम्झना पो गडिदिने
सपनीले आधारातमा ब्युझाउँछ आजभोलि
स्वच्छ थियो शान्त थियो यो हृदयको जलाशय
कसैले यो शान्त तलाउ चलाउँछ आजभोलि
मौन दियो बलिरहन्थ्यो हिजो मन मन्दिरमा
त्यो मन्दिरको घण्ट किन बजाउँछ आजभोलि
जीवनमा शितलताको खडेरी नै परे जस्तो
कोही कोही जिन्दगीलाई जलाउँछ आजभोलि
बिना तामाङ
काठमाण्डौं
