नील गगनमा फड्फडाउदैका
सेता परेवाका पंखेटाहरुमा
क्रान्तिको होली-रंग बर्षाउने ययाबर अनि
बारुद, गुलेली र ब्याधाहरु बीच
शान्तिको म्रिगत्रिश्णामा बाचेकोछु म ।
हाम्रो शान हो बीरता
आत्मसम्मान-हिमाल भन्दा उच्च छ
रंग-बिरंग फुलको माला – अनेकतामा एकता
अर्जून निशान फगत ”तपस्या” हो
‘हिंशा’बाट काँहा, कहिले र कस्लेपो जितेकोछ र ?
के छैन र साथमा हाम्रो
सुन्दरता छ, अनुपम प्रकृती छ
श्रीजनाको, भाइचाराको अपार सम्पती-भण्डार छ ।
भो छोड बिलौना र आरोप-प्रत्यारोपहरु
उड्दो परेवाका पन्ख छेदनमा
महान क्रान्तिको सपना कदापी फूल्दैन !!
सप्तरङ्ग-हाम्रो अपार आस्था छ
होली-दिवालीको पर्बमा
भो छोडौ रगतसंग होली खेल्दै
बीरत्वको पहिचान भजाउन।
पुछ्नै पर्छ-धुनै पर्छ अतितका धब्बा-टाटाहरु
उर्लिनै पर्छ जागृती लहर, संख ध्वनि, बिकुलहरु
बिश्वास-आस्था-भरोसाका पुनरागमन खातिर ।
थोपा हुन्छ, बग्दै बग्दै खहरे खोला सागर बन्छ
अज्ञानलाई उज्यालोले चिदै-पछार्दै ज्योति बन्छ
विभाजन भूगोलमा हैन केवल मन-भित्र छ
धोए पखाले मैलो मनको स्निग्ध चरित्र बन्दछ ।
टेकेको धर्ती मेरो-भूगोलवृत्त समान छ
संकीर्णता मनको बन्धन सुबाश सर्बत्र फैलंछ
आत्मविलाश, स्वार्थ हैन श्रेष्ठ मान्छेको चोला छ ।
फेर्ने पर्छ मैले मलाई, हामीले आफू-आफैंलाई
जाती-वर्ग-समाज बदल्न बदलौ आफैलाई
सपथ-प्रतिज्ञा मैले र हामीले नगरीकन बिलम्ब
अज्ञानबाट ज्ञान उन्मुख गर्न “तमसोमा ज्योतिर्गमय ”
“तमसोमा ज्योतिर्गमय ”
अस्तु
2011 सेप्टेम्बर 18
टोकियो
