Skip to content

देश दुख्दाको ५ चोइटा


१ ए-कता
काटी-कुटी, भाँची-चूँडी बाँड्ने हैन देश
खन्डित् मन् र मुटुहरू मिलाएकै बेश।।
बाँध्न सके मनको बाँध मन बिचार माझी
जीवन गल्छ मृत्यु सङग बाचौँ हाँसी-हाँसी ।।

२ बलिंदान्
जिन्दाबाद्, बुर्दाबाद्का चर्का आवाज्-नाराहरू
शहीद् खान्छन् बीर-गती, खेती तिम्रा अवाद् अरु ।।
सात्-सत्र-सैँतीस् हुँदै लोक्तन्त्र भाक्दै हिँड्यौ
नेता डुबे ऐयाशीमा, चकनाचूर् भै “तिमी” टूटेयौ।।

३ धरोहर
सम्पदाका धनी हामी, सगरमाथा अग्लो-शिखर
उत्तर छिमेक चीनले भन्छ- मेरै हिमाल्-मेरै गौरव।।
दक्षिण छिमेक भारतको छ दादागीरी अँझै बेग्लै
दषगजाको सीमा सार्छ, बुद्ध जन्मे भारतमा भन्दै ।।

४ यूवा जमात
धर्ती खोस्रे – बाँझो फोरे-फाँटै हरियो
उधोग् धन्दा, खनिज खोज्दै मुग्लान परियो।।
अरब जाने अभागीको तालू बल्छ घामले
शिरमा रीनछ घरबार बन्धक, छाती दुख्छ पीरले।।

५ नियति
झिल्मिल शहर दरबार महल सपनीको चैन
जागा जागा सपना बुन्छ, बिपनीमा छैन।।
नियतिको बज्रपात भो, पर्यो त्यसकै शरण
पराइ देशमा ठुले कान्छो, गर्यो मृत्यु बरण।।

(काठमान्डौ)
हाल टोक्यो जापान

First published : 2013-05-01 19:45:32 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *