Skip to content

सात हाइकु

AlokChalise



चुनाबी याम
सपना बर्षिन्छन्
डाँडामा रेल


मेलम्ची बग्यो
काकाकुल शहर
हेरेरै मर्यो


भीड शहर
मूर्दा शान्ति छाउछ
चट्याङ झर्दा


नदीमा नाल
नागरिक बनेन
मान्छेको बच्चो


पूर्खाको शान
हिङ बानेको टालो
इन्द्रेणी रङ


धर्ती – प्रजाती
संघीयताको नारा
स्वार्थ को रेखा


शरद याम
भैली – रोटी – तिहार
लक्ष्मी जयन्ती

२०१३ अक्टोबर

First published in Majheri on : 2014-07-04 23:43:54 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *