Skip to content

सात हाइकु

AlokChalise


१
चुनाबी याम
सपना बर्षिन्छन्
डाँडामा रेल

२
मेलम्ची बग्यो
काकाकुल शहर
हेरेरै मर्यो

३
भीड शहर
मूर्दा शान्ति छाउछ
चट्याङ झर्दा

४
नदीमा नाल
नागरिक बनेन
मान्छेको बच्चो

५
पूर्खाको शान
हिङ बानेको टालो
इन्द्रेणी रङ

६
धर्ती – प्रजाती
संघीयताको नारा
स्वार्थ को रेखा

७
शरद याम
भैली – रोटी – तिहार
लक्ष्मी जयन्ती

२०१३ अक्टोबर

First published in Majheri on : 2014-07-04 23:43:54 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *