Skip to content

“गौरब गर्छौ आफ्नै शानमा, घमण्डी त हैनौ है…”


“गौरब गर्छौ आफ्नै शानमा, घमण्डी त हैनौ है…”
आलोक चालिसे, टोकियो (समसामयिक लेख)

स्वइच्छिक शरणार्थी भएर देश्बाट टाढिएपछी देश प्रेम त अझै गाढा हुने रहेछ । छुट्टीको एउटा आईतवार इन्टर्नेट मार्फत देश खोज्दै थिए । शिर्शकमा भएको म्रिदुल मर्मस्पर्शी लयले तान्यो मलाई । हो यो रचानाको सिर्जना धर्म र सिर्जना काल फरक छ । यो धेरै अगाडि जन्मेर भूत भईसक्यो । तर अझै पनि लय र मर्मले यस्को चिरायु कायमै छ। बारम्बार नेपाली हुनुले ढक्क फुल्ने मेरो छाती अझै गर्भिलो महसुस गरे यो लय र पुर्खाको त्याग सम्झेर । साथै मानस्पटल् पनि त्यतीकै गहिरिन थाल्यो – के यो खाली खोक्रो आदर्शमा मात्रै जिबित छ ? निरिह र सोझा “रैती” का छोराहरुलाई उरालेर स्वार्थ सिद्ध गर्न पल्केका, समाजमा उपल्ल्लो तह र तप्कामा चिनिएका मान्छेहरुको पटकथा मन्चन मात्रै हो यो?

साह्रै मन कुडिएर अयो देशको ब्यबस्था र चाला देखेर । अनि फेरी सोच्न मन्लाग्यो अबको २० बर्ष पछिको नेपालको रुप-रङ कस्तो होला? पटक्कै आएन कुनै रुप रेखा । मानौ कुइरोमा रुमाललिये जस्तो । हामीले सिङापुरको कथा सुनेको पनी त झन्डै २० बर्ष हुनलाग्यो। त्यो बिगत हेर्दा त झन अन्धकार पो लागेर आउछ। तर पनि समय निरन्तर छ, दुनियाँ गतीशिल छ। राम्रा नराम्रा परिवर्तनहरु भएकै छन ।

भाईले भाईलाई काटे – अहिले फेरी मिलेका पनि त छन । तर कती अगाडी पुग्यो देश काटमार ले ? त्यो त मैले छेउटुप्पै बुझिन तर परिवर्तन चाँही भएकै हो । कोही कुर्शी बाट गुर्मुरिये कोही त्यसैमा पदाशिन भए । यस्तै छोटा मोटा परिवर्तनले हाम्रो देशको रङ रुपलाई युरोपको सुन्दरतम सुइट्जर्ल्यण्ड मा बदलन सक्ला त ? भएका उध्योग धन्दालाई बन्द गर्ने र घेराउ गर्ने युबा शक्तीलाई तीनै उध्योगको श्रम-सक्तीमा बदल्न पाए को जान्थ्यो होला र सडकमा ढुङ्गा बर्षाउन या टायर् बलेको दुशित धुवामा सेकिन ? निकै घोरिए म जड् पत्ता लगाउन। बल्ल फुर्यो कारण – हाम्रो स्वार्थ ब्रिती । हामी एक नम्बरका स्वार्थी। तपाईं के भन्नु हुन्छ ? अनि फेरी लाग्यो त्यो प्रब्रितीको नाइके त मै पो हुकी ? बिचार गर्नुस् तपाईं पनि हुनसक्नुहुन्छ । आँफैलाई घोत्लीएर हेरे – मेरो आस्था को रज्नैतीक पार्टी वा भतिजा – काका वा मामाको पक्षमा बोल्नु पर्‍यो भने निकै गहकीला कुतर्क निकाल्न सक्छुम ।

तर सबै मिलेर उधोग धन्दा मा श्रम शिप लगाउ भन्ने हो भने मेरो फाईदा र बेफाईदाको तराजुमा राखेर हेर्छुम पाइ पाइ हिसाब गरेर । के तपाईंमा फरक प्रब्रिती पाउनुहुन्छ ? त्यो अत्म बिश्लेशन गर्ने जिम्मा तपाईंकै । म चाही यहाँ मेरो आस्पासका केही चरित्रको बखान गर्छु ।

केही समय अगाडि दार्जलिङका प्राग्यिक ब्यक्तित्व प्रोफेसर महेन्द्र पि लामाको टोकियो आगमनमा एन आर एन जापानले अन्तरकृया गरेकोथियो । उन्को नेपाल बिश्लेशणको सेरोफेरोमा । भारतको केन्द्रीय सरकारमा समेत नेपाल बिशेषग्यका रुपमा सल्लाहकार रहेका लामासँग मेरो प्रश्न थियो — नेपाली मुल्को भएर नेपाल-नेपालीको धुक्ढुकि बुझ्नुभएको छ । तपाईंको धारणामा के चाइ गरे नेपालले परिवर्तनको प्रबाह गर्न सक्छ होला ? उनको स्पस्ट र सरल जबाफ थियो – कर्मचारी तन्त्रमा आत्मबिश्वासको अवस्था र दुरगामी योजनामा जोड। बिशौ बर्ष प्रशासनिक अनुभवमा खारिएको सचिबले त्यसै अनुसार निर्णय र कार्यन्यन गर्नु पर्छ नकी ५ बर्षमा १५ पटक फेरिने मन्त्रिज्यूको कठपुतली । साचै सोच्नुस्त – बिभाग प्रमुखको हैसियतले मान त गर्नुपर्छ तर प्रोमोशनको डरले बिबेक्पूर्ण निर्णयमा असर पार्नुहुन्न।

अझै महेन्द्र लामाको अर्को अभिब्यक्तीले नै उन्को यो प्रसँग तान्न मन लागेको हो मलाई । हेर्नुस्त कतीको हास्यास्पद् छ । हाम्रो देशको नेत्रित्व दिने नेता-रास्ट्र सेवकहरु मध्ये धेरैमा स्वार्थ र अल्पकालिन सोच्को साघुरो दाँयरा छ । एउटा मन्त्री स्तरिय भ्रमण दल जान्छ बिदेश्मा । पहिलो कश्रथ धेरै भन्दा धेरै सदस्य अटाउनेमा हुन्छ। त्यो पनि मिलेदेखी निम्तालु देशकै खर्चमा पिक्क्निक मनाये जस्तो । लामाको उदाहरण थियो – राष्ट्र र राष्ट्र बिचको बार्ता टेबल्मा बिषय हुन्छ – कुनै बिश्वो बिद्यालय बाट १० – २० वटा स्कलर्शिप अथवा कुनै मन्त्रालयको लागि सुबिधा सम्पन्न गाडीको अनुदान सहयोग माग । अनि भएन त ” खन्यो पहाड – निस्क्यो मुसो “।
मेरो मस्तिस्कमा यस्तै बिचारका बादलहरु मडारिदै थिए । एक जना मित्रले मेरो चिन्तन भङग गरिदिए । निरन्तरको घन्टि पछि फोनको ॠषिभर उठाये । उन्को आक्रोश पनि मेरो चिन्तन कै समकक्षमा घुमेको रहेछ । सामान्य त फोनमा बोलिने शब्द ” हेलो ” होइन उनी त फोन उठ्न पाएको छैन हाडीमा पड्केको मकै जस्तो पड्किये – “माकुराका बच्चा जस्ता लोभी पापीका भिड्ले देशै खाने भये” । म जिल्ल परेर सोधे- हैन के भयो मित्र ? कतै मै बाट त भुल भएन ? उनले प्रस्ट्याये – एशियाली देशको गरीब जनता हुनुको पर्याय र पिडालाई उनले कती मिहिनेत्का साथ एउटा असल देशको नागरिकको छबिमा परीणत गर्ने प्रयत्न गरे । उनको विश्वबिद्यालय सँग उपयुक्त समय मिलाएर देशको प्रतिनिधि भेटाउने जमर्को मिलाये ।

उनको सपना थियो कतै जापानको उनी पढेको बिश्वबिद्यालयले नेपालको सैक्षिक बिकासमा कोशे ढुङो भएर देखाउला कि ? बिश्वबिध्याल सम्बन्धन अन्तर्गत सैक्षिक सस्था खोल्लाकी ? अनुसन्धान केन्द्र खोल्न पो मद्घत गर्ला कि ! तर के भयो रे थाहा छ ? हाम्रो सम्पूर्ण देशकै प्रतिनिधित्व बोकेका ती महापुरुश ले त शरम्को पाटो उघार्दै आफ्नी श्रीमतीलाई बिद्याबारिधिको ससक्त उमेद्वारको रुपमा चिनाउदै छात्रब्रित्तीको अनुनय बिनय गरेर पो फर्किएछन । साच्चिकै त्यो मित्रको पहाड खन्ने अदम्य शाहसलाई त ती महापुरुशले मुसाको बच्चा सँग पो सौदाबाजी गरेछन ।

अब तपाईंको पालो, माथिका यी ३ पात्रहरु – महेन्द्र लामाको बिश्लेशण, विद्यार्थी मित्रको प्रयास र देशको प्रतिनिधि महापुरुशको स्वार्थी प्रब्रितीलाई केलाएर भन्नुस् त अबको २० बर्षमा नेपालको प्रारुप कस्तो होला ?

अस्तु ।

1 thought on ““गौरब गर्छौ आफ्नै शानमा, घमण्डी त हैनौ है…””

  1. alok jee ,
    lekh ramro lagyo

    alok jee ,
    lekh ramro lagyo , desh ko baremaa sochnu parne thaumaa basekaa bhandaa aru nepali lai badhi desh ko chintaa chha . yahi niyati ho ra hami nepali ko durbhagya pani

Leave a Reply

Your email address will not be published. Required fields are marked *