आज एकाएक मध्य रातमा
सपनिको ढोका ढक्ढक्याउन आउनुभो मेरो हजुरआमा
सोध्नुभो: मलिन आवाज तर आत्म-विश्वाश रत्ती नघटाइकन
बाबु ! मेरा आशिर्बादहरु फिर्ता माग्न आएकी हु
देउ मलाई, सक्छौ फिर्ता गर्न ?
========================================
मेरो बुढी हजुरआमाले
दसैंको टीकामा जमरा घुसार्दै आषिस दिनु हुन्थ्यो:
डाक्टर भएस – इन्जीनियर भएस !
कसैको आँखामा नबिझाउने – असल बनेस !!
घडी घुम्यो र घुमिरह्यो निरन्तर –
घडी-पला-प्रहर-दिन हुँदै हप्ता महिना र बर्ष बित्दै गर्दा
मेरो र हाम्रो अहन्कारका मट्काहरु फुटेर
कालान्तरमा चेतना फिर्दा
“ठुलो” हैन, “आँखामा नबिझाउने” सन्देश बाड्दा बाड्दै
बिलाई सकेछन कयौ बज्यैहरु, अपमान र निराशाका साक्षी बसेर
अद्रिश्य अंमूक हुँदै क्षितिज पारी कता कता ।
आज एकाएक मध्य रातमा
सपनिको ढोका ढक्ढक्याउन आउनुभो मेरो हजुरआमा
सोध्नुभो: मलिन आवाज तर आत्म-विश्वाश रत्ती नघटाइकन
बाबु ! मेरा आशिर्बादहरु फिर्ता माग्न आएकी हु
देउ मलाई, सक्छौ फिर्ता गर्न ?
अफ्सोच रह्यो
बज्यैको स्पर्श खोजेर छातीमा टास्सिन रहर गर्ने मेरो मनसँग
आशिर्बाद फिर्ता माग्दै छिन मेरी दिबङत हजुरआमा
मैले बिन्ती बिशाए: हजुरआमा,
म त तपाईंहरुले कल्पना गर्नुभएको
ठुलो डाक्टर- इन्न्जिनियर भईसके
भन्नुहोस्, कुन आशिर्बादको कति मुल्य तिरौ म?
भक्कानिएर बज्यैले भन्नुभो: धिक्कार छ बाबु
मेरो – हाम्रो आशिर्बादहरुलाई
ढुङ्गा बालुवा र मौका पर्दा कालो अलकत्रासमेत खाने
इन्जिनियर चाहिएन मलाई
मानब समबेदनाका महलमपट्टी छोडेर
मूर्दाको समेत ब्यापार गर्ने
डाक्टर पनि चाहिएन मलाई
असल मान्छे सबैको दिलमा अटाउछ
झूपडीमा नअटेर बिलाशी दरबार ताक्ने शन्ततीकालागी
अब कुनै आशिर्बाद सँगाल्नु छैन मलाई
बज्यैको आशुले भरिएको दह बीचमा उभिएको बेशहारा मन लिएर,
मैले जिबनभर अङगुठाछाप देखेको मेरी बज्यैको ज्ञान सागरबीचमा
डुब्दै तैरिदै छट्पटिईरहे, कल्पनाको छालसँग
मात्र पस्चाताप बाँकी रह्यो, कुनै मौका रहेन किनारा पाउन
अबेर भएकै हो तर समय खड्किएको पनित छैन
भौतिक बिलाशिता थियो तर चेतना गुमिसकेको पनि त छैन
सक्छौ सुन्न ? सुन
मरेर भूत भैसकेकी मेरी बज्यैका कामनाहरु
छोडिदेउ अब बुख्याचा – नरकन्काल र मुर्दाका ब्यापार गर्न
मान्छेका मनमा बश, आँखामा राखे पनि नबिझाउ !
नखाउ ढुङ्गा सिमेन्ट र अलकत्रामा घोलेर बिकासका सपनाहरु
नखाउ हाम्रा शन्ततीका सम्पन्नता र हजुरमाका सपनाहरु !!
अस्तु
२०१३ । १२ । १०
टोकियो
