Skip to content

कामना एक ढड्डा संबिधानको

कामना एक ढड्डा संबिधानको

कामना एक ढड्डा संबिधानको,
जसमा
जनताको सम्रिद्धी होस, रैती नबनाओस
जात भाषा भूगोलको कित्ता नकाटोस, भाईचारा फैलाओस
“म-मेरो पार्टी र मेरा मान्छे”लाई मस्तिस्कबाट फालेर
“हामी-हाम्रो देश र हामी सबै नेपाली” देख्न सिकाओस,
जनताले दिएको मान- राज्यले दिएको शान नबुझ्ने
राता पासपोर्ट ब्यापारी बिरुद्द चेतनाको मशिहा लिएर आओस,
भोट् भन्दै जोडीने हात र घरदैलो धाउने गोडाहरु नथाकुन
दूर दराजको भावना-मर्मलाई आत्मसात गर्दै मुस्कुराओस यो संबिधान !

नालापानीमा त हाम्रा पुर्खा ले धूलो चटाएकै हो ,
कालापानी सम्म आउँदा त्यो शक्ती, त्यो तेज धेरै टाढा गो
गढवाल-कुमाउ त ईतिहासमा नै सिमित रहने पो होकी
सुस्ता र कपिल्बस्तुको सौदाबाजीमा नझुक्ने स्वाभिमान भरेर आओस !

धेरै भए बन्द हड्ताल
अलिकती बुद्दी, अलिकती बिबेक र अलिकती चेतना बनेर
आफ्ना आफ्ना मौलिक कला र सस्क्रिती नहराउने
पहिचान सहितको एक ढड्डा संबिधान लेखिएर आओस !

भाग्नु नपरोस मुग्लानको मरुभूमीमा
श्रम गर्ने अवशर बनेर आओस, उध्योग बनेर आओस
चुनौती थिए, चुनौतीहरु छन, निरन्तर चुनौतीहरु रहनेछन
अशल जनप्रतिनिधी, कुशल प्रशासन, जिम्मेवार सरकार बनेर आओस !

अब त जोशिएर लाग, ढिलो भईसक्यो लेख्न संबिधान
सम्रिद्ध देश हेर्ने हाम्रा सपना साकार पार्ने
श्रीजनाको बीउ पोखिदेउ, एक ढड्डा संबिधान लेखिदेउ !
सबैको द्रिढ सन्कल्प समेट्दै “हाम्रो” संबिधान लेखिदेउ !
सभ्य र भय रहित समाजका खातिर “राम्रो” संबिधान लेखिदेउ !
लाख लाख बिन्ती हाम्रो: एउटा उत्तम संबिधान लेखिदेउ !
——————
(पटाखा बारुद र होहल्लाको त्रास हुँदाहुँदै २०७० को निर्वाचनमा सत्तरी प्रतिशत मत खसालेर जनाधिकार प्रत्याभूत गराउने सरकार र प्रशासन प्रति समर्पित भावना )

Leave a Reply

Your email address will not be published. Required fields are marked *