दूर देश बिरानोमा थीर छैन छाती हजुर्
सम्झनाका लहर फूट्छन पीर ब्यथा भाती हजुर्
कुण्ड कुण्ड पानी भन्छन मुन्ड मुन्ड बुद्धि
बिनाशका कहर टुट्छन झीर सङ्घिन काटी हजुर
जबान छोरो मुग्लान पस्यो मलामी भो खाचो
किशानीका नहर सुक्छन बीज अनाज थाती हजुर्
ब्यथा पीडा अनगिन्ती तड्पी तड्पी दुख्ने छाती
छट्पटीमा प्रहर छुट्छन चीर पीडा दाती हजुर
बिबश्ताको कठै जुनि फेरि फेरी नबल्झेहै
सपनाका शहर उठ्छन शीर उच्च जाती हजुर्
जन्म थलो स्वोजन माझ माटो प्यारो हावा मिठो
आकांक्षामा रहर जुट्छन तीर चल्छ राति हजुर!!
२०७० बैशाख
टोक्यो