देशको लागि नबग्ने रगत होइन त्यो पानी हो
जन्मेको माटो नभिझ्ने पसिना होइन त्यो पानी हो
पौरख नगर्ने पाखुरा काटेका झिन्का ठुटा हुन्
अरूको तालमा नाच्ने सुकेका बाँसका टुका हुन्
अर्काको भरमा बाँच्ने मरेको जिन्दगानी हो
तिम्रो र हाम्रो शीपले नेपाल बन्नु पर्दछ
मधेश पहाड होइन नेपाल भन्नु पर्दछ
संकीर्ण स्वार्थमा अल्झिने त्यो पनि बेइमानी हो
तिमीले चाहेमा देशकको भाग्यको ढोका उघ्रिन्छ
माटोमा रोप पसिना माटोमा सुन उम्रिन्छ
उठाऊ च्यावल तन्नेरी देशका स्वाभिमानी हो
शब्द – कालीप्रसाद रिजाल
स्वर – प्रेमध्वज प्रधान, योगेश बैद्य
संगीत – नातिकाजी
