Skip to content

सपनाकी राजकुमारी भेटें मैले बल्ल-बल्ल


केटा: सपनाकी राजकुमारी भेटें मैले बल्ल-बल्ल
अनायासै हृदय लौ भयो आज झलमल्ल

केटी: सपनाको राजकुमार भेटें मैले बल्ल-बल्ल
के गरूँ म कसो गरूँ परें आज अलमल्ल

केटा: राति-राति सपनीमा मुस्कुराउँदै आउने तिमी
घरी-घरी पिरतीको गीत गुन्गुनाउने तिमी

केटी: आँखा चिम्ल्यो मेरै मात्र ओरिपरि छाउने तिमी
सुस्त-सुस्त नजिक आई हात सुम्सुम्याउने तिमी

केटा: बिपनीमा आफू यता तिमी उता असरल्ल
केटी: के गरूँ म कसो गरूँ परें आज अलमल्ल

केटी: एकातिर थन्क्याएर घरको काम-काजसम्म
सपनाको राजालाई कुरिरहें आजसम्म

केटा: कहाँ-कहाँ खोजें मैले सपनाकी परीलाई
तिम्रै साथ खोजेको थें जुनी-जुनीभरिलाई

केटी: प्रतिक्षाको फल आज प्राप्त भयो बल्ल-तल्ल
केटा: अनायासै हृदय लौ भयो आज झलमल्ल

(ट्रोम्सो/नर्वे; २० फेब्रुअरी, २०१३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *