Skip to content

आँखा छलेर गै नक्कली


बाउ-आमाको अनुहारमा मोसो दलेर गै नक्कली
जान्न भन्थी कुन सड्कोमा आँखा छलेर गै नक्कली

फुर्फुर गर्थी गर्न चाहिँ गाउँ-बेशी, मेला पातमा
‘हेर्दै जाओ आगो बाल्छु’ भन्थी, बलेर गै नक्कली

साइली-माइली जोडी ले’र घर-माइती गर्दाखेरी
‘जल्छ अन्तरमन’ भन्थी सायद जलेर गै नक्कली

फाईँ-फुर्ती था’ थ्यो उसको जोरिपारी सबैलाई
‘झुक्नु परे मरिदिउँला’ भन्थी गलेर गै नक्कली

कसम खा’ थी बैंस अनि बैंशालुको शेखी झार्ने
आखिरिमा कत्तिखेर के सूर चलेर गै नक्कली !

(२८ जनवरी, २०१३ / ट्रोम्सो, नर्वे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *