रात सुनसान थियो
मनमा तूफान थियो
संगीन रोपिएको छाती
पीडा पहिचान थियो
हृदयमा आगो लगाउने
कोही बेइमान थियो
टुलुटुलु हेरिबसेको
क्रूर भगवान थियो
कत्रो बज्रपात आफूलाई
दुनियाँ अन्जान थियो
हिजोसम्म त मायाको
खोक्रो अभिमान थियो
आज बुझ्दै छु यो शाश्वत
गन्तब्य श्मसान थियो
(२१ जनवरी, २०१३/ ट्रोम्सो, नर्वे)
