अलिअलि तिम्रो गल्ती अलिअलि मेरो जिद्दी, हो त्यसैले झगड़ा भो
अलिकति तिमी झुक्यौ अलिकति म ‘नि झुकें, मिलापत्र तगड़ा भो
आरिसले पनि होइन आडम्बर केही छैन, कुन्नि के भो अनायासै
तिमी रातो-पिरो भयौ म ‘नि त्यस्सै आगो भएँ, यहीं नेर लफडा भो
जब रिस मन्द भयो आफ्नै बोली बन्द भयो, छि: के भयो हामीबीच !
कर्की-कर्की तिम्ले हेर्यौ फर्की-फर्की मैले हेरें, माया अरु जगडा भो
कहिलेकाही ठाक्कठुक्क कहिलेकाही ठास्सठुस्स, त्यहीभित्र मायामोह
तिम्रो मुटु मेरा लागि मेरो मुटु तिम्रा लागि, पिरतीको अखडा भो
(६ फेब्रुअरी, २०१३/ ट्रोम्सो, नर्वे)
