निरस मेरो यो जीवन
उजाड़-उजाड़ यो संसार
चरक्कै चर्की फुट्ने
शीशा हो कि यो निधार
तुवाँलै तुवाँलो वरिपरि
न बादल देख्छु न घाम
मेरो भागको खुशियाली
कस्ले गर्यो लिलाम
दुनियाँलाई बिझाउँने भएँ म धर्तीको भार
चरक्कै चर्की फुट्ने शीशा हो कि यो निधार
जोडेर नजोडिने गरी
टुक्रिएको छ मर्म
सिलाउनै नमिल्ने गरी
उध्रिएर गो कर्म
छु महा-संकटमाभन्दा गर्दैन कोही उद्दार
चरक्कै चर्की फुट्ने शीशा हो कि यो निधार ।
(मार्च १५, २०१३/ ट्रोम्सो, नर्वे)
