Skip to content

थोरै काला धेरै चाहिं गोरा


थोरै काला धेरै चाहिं गोरा भेटेँ यूरोपमा
अनुभवै अनुभवका बोरा भेटेँ यूरोपमा

हिंडेपछि अगाडिको बाटो मात्र ख्याल गर्ने
मान्छेहरू धेरै एकोहोरा भेटेँ यूरोपमा

आनन्दको जीवनशैली छैन रैछ यहाँ पनि
कता-कता अभावका डोरा भेटेँ यूरोपमा

मलाई मात्र अचम्मको कुरो होला हुन चाहिँ
बाउको बे’मा जन्त जाने छोरा भेटेँ यूरोपमा

(प्रकाश सापकोटा, ट्रोम्सो/नर्वे)

(यूरोपको अनुभव सोध्नेहरुका लागि जवाफमा यो गजल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *