Skip to content

तीन मुक्तक (कालु गर्छ महेनत)



कालु गर्छ महेनत जति तर भालुको गुणगान हुन्छ
गोरू ब्याउँदैन आफू तर उसको पनि सन्तान हुन्छ
भित्रभित्रै जतिसुकै अन्तर्घात गरेपनि घुस्घुसेले
दुनियाँको अगाडि त फेरि उही साक्षात भगवान हुन्छ !


पीड़ा भोग्छन तर आँसु झार्दैनन कोहिकोही
आफू मर्छन अरुलाई मार्दैनन कोहिकोही
संसारमा उस्तै खाले मान्छे मात्रै कहाँ छन र ?
गल्ती नै हो जानेर पनि स्वीकार्दैनन कोही कोही


गुलाम बाद्शाहको अगाडि झुक्न छोड्दैन रे
पान खानेले पिच्च-पिच्च थुक्न छोड्दैन रे
छाडा छोडेको एउटा भुस्याहा कुकुरलाई
साङ्ग्लोले बाँधेर राख्दैमा भुक्न छोड्दैन रे

(- २५ अप्रैल २०१३, ट्रोम्सो /नर्वे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *