Skip to content

जिउँदै आगो झोस्न थाले


आफन्तले आफन्तकै खुशीहरू खोस्न थाले
मायालुले मायालुलाई जिउँदै आगो झोस्न थाले

नठोसी त अगुल्टो नि बल्दैन भन्छन तर
अगेनूमा नठोसेर आँङ्तिरै ठोस्न थाले

नाता-गोता, इष्टमित्र मर्दा, पर्दा काम लाग्थे
के जमाना आयो यस्तो, तिनैले पो सोस्न थाले

धरोधर्म पाल्छु भनी कसम खाने खसमले
घरकीलाई निकालेर अर्कीलाई पोस्न थाले

(देशमा ब्याप्त हिंसाबिरुद्ध ऐक्यबद्धाता !)

– शुक्रबार, ११ जनवरी, २०१३ (ट्रोम्सो, नर्वे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *