Skip to content

सिर्जनालाई खोजी खोजी चोर्न थाले


सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेलभरि
लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेलभरि

प्रस्तोतालाई हटाएर लाज र शरम पचाउँदै
आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेलभरि

दुनियाँका आँखा भित्र छारो हाल्दै पित्तलमा
सुनको जलप लगाएर मोर्न थाले अचेलभरि

नभन्दा नि अचाक्ली भो भन्दा रिसले भुत्भुताउँदै
मित्रतालाई झर्ल्यामझुर्लुम फोर्न थाले अचेलभरि

नैतिकता र इमान्दारी रछ्यान माथि मिर्काएर
सच्चा होइन झुट्टा नाता जोर्न थाले अचेलभरि

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *