Skip to content

रगत हुन्छ रातै दलित


रगत हुन्छ रातै दलित कोही छैन
जनम देखि याहाँ पतित कोही छैन

गर विचार ठूलो नियत राखी साफ
सकल प्राण एकै कथित कोही छैन

नभन माथि तल्लो कपट छोडी देऊ
बचपनै नबित्दै पठित कोही छैन

विगत बिर्सिएरै अब कुभाव त्यागौं
नजर आज फेरौँ अहित कोही छैन

फरक वर्ण भन्दै नगर हेँला फेरि
बुझ, मनुष्य आफैँ रचित कोही छैन

(आदरणीय पोस्टराज सरको छन्द “पान्पोचे”मा आधारित)
सूत्र :- III SIS SII ISS SS
न र भ म गु गु
७ अक्षरमा विश्राम
छन्द:- पान्पोचे

कोमल भट्ट
पुरानो नैकाप काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *