न संविधान बन्यो
न फेरि संविधान बन्छ
संविधानभन्दा त यहाँ
छिटो छिटो
नयाँ सरकार नै बन्छ ।
संविधान
न नेतालाई चाहियाछ
न जनतालाई चाहियाछ
जनताले त
शान्ति र विकास खोज्याछन
तर नेताले
शान्ति र विकासभन्दा
सधैं सत्ता र कुर्सी रोज्याछन ।
विकास होस वा नहोस
नेतालाई बजेट चाहियाछ
किनभने
काम नभए पनि
कागज देखाउदै कमिसन पाइयाछ
नेता चाहन्छन
जनता गरिब होउन
देश झन गरिब होस
किनभने
नेतालाई माग्ने भाडो चाहियाछ
भिखमा पनि त कमिसन पाइयाछ ।
भैंसी दुब्लो होस कि मोटो
जुकालाई रगत भए भो
गरिब होस कि धनी
नेतालाई जगत भए भो
यहाँ नेताले
आफू सरकारबाट हटेपछि
नयाँ सरकारको आयु गन्छ
संविधान बनाउने काम कसैले गर्दैन
तर सरकार
जस्ले पनि म बनाउछु भन्छ
त्यसैले फेरि पनि
न संविधान बन्यो न बन्छ
बन्यो भने पनि
आर्र्को सरकार नै बन्छ ।
यहाँ सबै नेतालाई
संविधान लेख्नेभन्दा पनि
मन्त्री प्रधानमन्त्रीमा नाम लेखाउनुछ
कसले चिन्ने भेडाको बथानमा
तर आप्mना दरसन्तानलाई भए पनि
आफ्नो फोटो देखाउनुछ
त्यसैले
न संविधान बन्यो
न फेरि बन्छ
बरु हेर्दै जानुस
त्योभन्दा पनि छिटो
नयाँ सरकार बन्छ ।
