Skip to content

जग्गा बिक्रीमा छ (झटारो)

  • by


एक दिन
एक तरुनीले
आफ्नो नाइटो देखाउदै भनी –
मेरो नाभीस्थल
बिक्रीमा राखेको
घर घडेरी जस्तो छ
किन्ने भए किनिहाल्नुस
आज भोलि मन्दीले
काठमाडौंभन्दा सस्तो छ
यहाँ पनि
माथि अन्नपूर्ण र कन्चन्जङ्घा हेर्ने
सुन्दर सिन साइड छ
तल पनि
फेवातालको राम्रो लेक साइड छ
मन पर्छ भने
बाग्मती नदीको पनि दुवै साइड छ
यहाँ पनि
जग्गा धनीकोभन्दा
दलालहरूको धेरै बिगबिग छ
जाबो एक टुक्रा बेच्नलाई
उनीहरूको ठुलो लिगलिग छ
त्यसैले जग्गा किन्ने भए
सिधै सम्पर्क गर्नु होला
नत्र महङ्गोमा पर्नु होला
कृपया दलालज्युहरू
तपाईंहरूले कुनै कस्ट नगर्नु होला ।

जग्गा किन्न आउँदा
पैसोको साथमा
थैली सामा आँफै गर्नु होला
नत्र जग्गा किनेपछि
अनेक झन्जटमा पर्नु होला ।
आउँदा
दरै गाठ र आटमा आउनु होला
तन मन कमजोर भए
दुई चार प्याक
यसो व्हिस्की पनि लाउनु होला
तर आउँदा
सिधै संपर्क गर्नु होला
दलालको फेला परेपछि
चर्को भाउमा पर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *