यो देशलाई सिङगापुर बनाइदिन्छु
यो देशलाई कोलालम्पुर बनाइदिन्छु
चौराह्मा एक बृद्द बोल्दैथे
साहेद पिसाबले च्यापेको रहेछ
सुरुवाल पनि खोल्दै थे
मान्छेले भन्दै थे
कहाँबाट आका हुन यी नौ मान्छे
पक्कै नेता हुनुपर्छ,
बिचरा बौलाहा मान्छे ।
बिच सडकमा
एउटा अधबैसे
भाषन ठोक्दैथ्यो
राम्रै कुरा पोख्दैथ्यो
भ्रष्टचार मुक्त बनाउछु देश
शिष्टाचार युक्त बनाउछु देश
मान्छेले कुरा सुन्दै थे
तर पनि भन्दैथे
को हुन यी नौला मान्छे
कहाँका हुन ! बिचरा बौलाह मान्छे ।
एक जना
सुरुवाल भोटिमा लाएका
ढाका टोपिमा आएका
चोकमा भाषन गर्दैथे
मान्छे पनि हेर्दै थे
यो देशलाई टुक्रिन दिन्न
राष्टघातिलाई डुक्रिन दिन्न
राष्ट्रिय एकता जिन्दावाद
बिदेशी हस्तछेप मुर्दावाद ।
मान्छे ठाडाठाडा कान पार्दैथे
मुखा मुख गर्दैथे
कहाँबाट आए यी नौला मान्छे
कुरा त राम्रै गर्दा रहेछन
को रहेछन यी
बिचरा बौलाहा मान्छे ।
प्रेम ओली