सबैले चिनिएको मान्छे त्यो

  • by


न पढन जान्थ्यो
न पढाउन जान्थ्यो
न कमाउन जान्थ्यो
न हलो समाउन जान्थ्यो
कहिले यताको गाउँ
कहिले उताको ठाउँ
हल्लरी मार्दै रमाउन जान्थ्यो
सुको न कमाउदा पनि
दुई चार जनासङ्ग बसेर
भट्टीभित्र सधैं पसेर
लोकल ठर्रा र मासु खान्थ्यो ।

समय बित्दै गए पछि
पार्टी चलाऊछु भन्थ्यो
चुनाव लडाउछु भन्थ्यो
आफूलाई समानुपातिक सभासद
बनाउछु भन्थ्यो
चुनाव भए पछि
समानुपातिकमा परियो
राजधानी डेरा सरियो भन्थ्यो ।

संबिधान बनाउछु भन्दै
गाउँ गाउँ डुल्थ्यो
मन्त्री पनि भएछ क्यारे
चप्पलबाट जुतामा हिंड्न थाल्यो
साइकल छाडी गाडीमा हिंड्न थाल्यो
कहाँ कसरी कती कमाइन्छ भन्दै
कमाउनेमा नै भिड्न थाल्यो
धनले अन्धो भए पछि
उल्लु झै राति राति
क्याबिनहरू धाउन थाल्यो
दोहरिमा गाउन थाल्यो ।

रावणको रुप देखाउदै
कहिले सचिवलाई पिट्न थाल्यो
कहिले डाक्टरसङ्ग भिड्न थाल्यो
लाज शरम पचाउदै
नाङ्गै शहरमा हिंड्न थाल्यो
एक दिन टुन्न पिएर
चौराहमा लर्खाउदै गरेको बेला
खै सम्बिधान भन्दै
जनताले घेरे पछि
कुनै उत्तर दिन नसकी
डरले कट्टुमा छेरे पछि
उसले बन्दुक पो पट्काउन थाल्यो
जनतालाई झन भड्काउन थाल्यो
कसैले इटा फाल्यो
कसैले ढुङ्गा हान्यो
ढुङ्गा मुढा बर्सन थाल्यो
मुर्छित त्यो मान्छेलाई
पुलिसले अगालो हाल्यो
भोली त्यही मान्छे
अस्पतालको शैयाबाट
आफूलाई नयाँ राजा ठान्दै
जनतालाई आतंककारी भन्न थाल्यो
क्या गजवको !
सबैले चिनिएको मान्छे त्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *