कुरा काट्छ समाज (सवाल-जवाफ) रामकृष्ण पौडेल अनायास सरस्वती न्यौपाने गजल by ksSeptember 30, 2012सवाल – सरस्वती न्यौपाने तिमी र म सँगै बसी पढ्दा कुरा काट्छ समाज पँधेरीमा सँगै पानी भर्दा कुरा काट्छ समाज । जवाफ – रामकृष्ण पौडेल “अनयास” तिम्रो मेरो संम्बन्धमा, कुरा काट्छन काट्न देऊ चोखो प्रेम मार्न समाज, जे आँट्नेहुन आँट्न देऊ ।
म एक्लै कराए भने (सवाल-जवाफ) रामकृष्ण पौडेल अनायास सरस्वती न्यौपाने गजल by ksSeptember 27, 2012म एक्लै कराए भने सोध्न नभुल सरु अकस्मात हराए भने खोज्न नभुल सानु । यौवनले भरिएको जोवन तिम्रो देख्दा आखिर आजआफै डराए भने रोज्न नभुल सरु । सपनिमा बर्बराउदै तिम्रो नाम लिदा मैले तिमी मन पराए भने सोच्न नभुल सरु ।
पाँच ताङ्काहरू रामकृष्ण पौडेल अनायास ताङ्का by ksSeptember 22, 2012(१) बिना मियोमा आज-भोलिका नेता मनपरिले देशमा भाँडभैलो उनीहरूको जीत ।
अर्को साल आउँछु भन्थे रामकृष्ण पौडेल अनायास गजल by ksSeptember 11, 2012अर्को साल आउँछु भन्थे पोहर साल भन्दा बैनी आउने दिन बाँकी रैछ साहुले मिति गन्दा बैनी । गाउँबेसी डाँडाकाँडा गुन्जिदा हुन तीजका गीतले भक्कानिदै रुदै हौली नमान न धन्दा बैनी ।
मृत्यु दैव समयलाई रामकृष्ण पौडेल अनायास गजल by ksAugust 26, 2012मृत्यु दैव समयलाई छेक्छु भन्दा छेकिदैन आफ्नो भाग्य आज आफै लेख्छु भन्दा लेखिदैन । नियतिको खेल नै हो कर्मको फल भोग्नु पर्छ त्यसैले म आज स्वर्ग देख्छु भन्दा देखिदैन ।
पराईको सिंदुरले सिउँदो सजाई जाँदा रामकृष्ण पौडेल अनायास गजल by ksAugust 21, 2012पराईको सिंदुरले सिउँदो सजाई जाँदा तिमी कराउदै रुदै हेँरे मुटु जलाई जाँदा तिमी । मलाई सेतो कपडाले बेर्दै शंख बज्दा आखिर खुशी हुन्छौ मेरो लाशमा आगो लगाई जाँदा तिमी ।
पोहर साल आएन भाइ रामकृष्ण पौडेल अनायास गजल by ksAugust 19, 2012पोहर साल आएन भाइ अहिले लिन पठाउ आमा घरमै बसी तिजको दिन कसो गरी कटाउँ आमा । रातो साडी रातो पोते साईली माईली आँगनीमा तेरा माईती खोई भन्दा के भनेर बताउँ आमा ।
काम गर्न नसक्नेले रामकृष्ण पौडेल अनायास गजल by ksAugust 11, 2012काम गर्न नसक्नेले एउटा राज्य चाहियो भन्छन् जस्ले पनि पार्टी खोली नेपाल भरी छाइयो भन्छन् । मरेकोलाई ब्युउँताउने रे अझैकति पुगेन र चार वर्ष नेपालीको रगत टन्ऩ खाइयो भन्छन् ।
आँगनीको डिलमा यो साल रामकृष्ण पौडेल अनायास गजल by ksJuly 17, 2012आँगनीको डिलमा यो साल सयपत्री फुल्दै होलान गैरी खेतमा धानका बाला लहलह झुल्दै होलान । आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा लेक-बेँसी साथी भाई काम काजले भुल्दै होलान ।
चुहिने घर खरको छानो रामकृष्ण पौडेल अनायास गजल by ksJuly 11, 2012चुहिने घर खरको छानो खाने गास छैन आज बर्खा लाग्यो आङ ढाक्ने बस्ने बास छैन आज । कैले आउछन् ठुलेका बा अनि मीठो खाउँला भन्दै पर्खिबस्दा खोला बढेँ आउने आश छैन आज ।
भोकाहरूका लागि गाँस खोज्दैछु (संयुक्त गजल) रामकृष्ण पौडेल अनायास सरस्वती न्यौपाने गजल by ksJuly 2, 2012भोकाहरूका लागि गाँस खोज्दैछु आमा घरवार विहीनलाई आवास खोज्दैछु आमा । धनीलाई सुनको महल गरिबको बासै छैन पैसा बिना बाँच्ने नयाँ, समाज खोज्दैछु आमा ।
तड्पाएर मनलाई (सवाल-जवाफ) रामकृष्ण पौडेल अनायास सरस्वती न्यौपाने गजल by ksJune 27, 2012तड्पाएर मनलाई दुई किनारामा छाड्दै ठुले मुङ्ग्लान पस्यौ हामी दुईको, चोखो प्रेम मार्दै ठुले। न गतिलो बास अनि छाक टार्ने गास छैन भोक भोकै आदि पेटमा, बसे दुःख काट्दै ठुले ।
ईमान धर्म जोवनीलाई पैसासँग दाँज्दी रैछौ रामकृष्ण पौडेल अनायास गजल by ksJune 23, 2012ईमान धर्म जोवनीलाई पैसासँग दाँज्दी रैछौ जस्ले बढी दाम तिर्छ उसै सँग नाच्दी रैछौ । साँचो माया गर्नेको दिल, दुखाएर आज भोलि गाँजा रक्सी पिउनेसँग, नाता आखिर गाँस्दी रैछौ ।
विश्वको शिर सगरमाथा ढल्दै छ रे बुद्ध रामकृष्ण पौडेल अनायास गजल by ksJune 16, 2012विश्वको शिर सगरमाथा ढल्दै छ रे बुद्ध चन्द्र सूर्य सिङ्गो नेपाल जल्दै छ रे बुद्ध । पुर्व सीता रुदै छन् रे, भारतले आगो झोस्दा होस् गर तिम्रो घर नि बल्दै छ रे बुद्ध ।
सपनीमा कालो काग कराएको देखेँ रामकृष्ण पौडेल अनायास गजल by ksJune 6, 2012सपनीमा कालो काग कराएको देखेँ चिताबाट आफ्नै लास हराएको देखेँ । मडारिँदै कालो बादल, सगरमाथा ढल्दा अनि बुद्धलाई लाको घाउ चराएको देखेँ ।
आँखामा तस्विर छरेर गयौ रामकृष्ण पौडेल अनायास गजल by ksJune 2, 2012आँखामा तस्विर छरेर गयौ खाली यो मुटु भरेर गयौ । जीवनै बित्यो पर्खेर बस्दा सागरै आज तरेर गयौ ।
नजाऊ प्यारा देश छाडी रामकृष्ण पौडेल अनायास गजल by ksMay 27, 2012नजाऊ प्यारा देश छाडी एक्लै आज पर्छिन् आमा बिरामी छन् जेठ चौधमा फेरि अब मर्छिन् आमा । सबै छोरा भ्रष्ट्रजाली यिन्ले छोको खान्न भन्दै मातृभूमि चोखो पार्न सुनपानी छर्छिन् आमा ।
मैलै दुःख पाउँदा आखिर हजार जुनी बाँच्छ्यौ भने रामकृष्ण पौडेल अनायास गजल by ksMay 23, 2012मैलै दुःख पाउँदा आखिर हजार जुनी बाँच्छ्यौ भने मरिदिन्छु घाटमा मेरो शंख बज्दा नाच्छ्यौ भने । मुटु एउटै तिम्ले फेर्दा मेरो धड्कन चल्छ भन्थ्यौ अब भन्ऩु के नै छ र मलाई गलत ठान्छौ भने ।
सपना हजार देखाएर उता नाता जोड्यौ किन रामकृष्ण पौडेल अनायास गजल by ksMay 16, 2012सपना हजार देखाएर उता नाता जोड्यौ किन मुटु लगी आखिर घाईते बनाएर छोड्यौ किन । तिम्रो बाटो पर्खिएर जिन्दगी नै काट्छु भनी वारी आउँदा बेँसीबाटै, बाटो अन्तै मोड्यौ किन ।
एउटै मुटु पनि आज तिमीसँगै पठाएछु रामकृष्ण पौडेल अनायास गजल by ksMay 7, 2012एउटै मुटु पनि आज तिमीसँगै पठाएछु सोच सानु पीडा मैले के गरेर खटाएछु । छट्पटीमा रात बित्छ बिछोडको दिनदेखि सास बिना यादले मात्र आजसम्म कटाएछु ।