Skip to content

सपनीमा कालो काग कराएको देखेँ

  • by


सपनीमा कालो काग कराएको देखेँ
चिताबाट आफ्नै लास हराएको देखेँ ।

मडारिँदै कालो बादल, सगरमाथा ढल्दा अनि
बुद्धलाई लाको घाउ चराएको देखेँ ।

अशान्तिको बिगुल आज चारैतिर फैलाउदा
नेपाल आमा एकाएक डराएको देखेँ ।

जन्ता जन्ता भिडाएर नेता मोज गर्दा खेरि
भारतले झन्डा यहाँ, फराएको देखेँ ।

रामकृष्ण पौडेल “अनयास”
भरतपुर -१३, गजलकुन्ज
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *