काम गर्न नसक्नेले एउटा राज्य चाहियो भन्छन्
जस्ले पनि पार्टी खोली नेपाल भरी छाइयो भन्छन् ।
मरेकोलाई ब्युउँताउने रे अझैकति पुगेन र
चार वर्ष नेपालीको रगत टन्ऩ खाइयो भन्छन् ।
गरीब दुःखी नेपालीको सपना सबै जलाएर
कुकुरहरु हड्ड़ी खोज्दै गाउँमा फेरि आइयो भन्छन्।
आफ्नै झोली भर्न मस्त संबिधान नबने नि
चिल्ला गाडी राजधानीमा भब्य महल पाइयो भन्छन् ।
रामकृष्ण पौडेल “अनयास”
गजलकुन्ज,भरतपुर
चितवन
