Skip to content

रामकृष्ण पौडेल अनायास

चाँद खोज्दैछ आज अन्धकारमा

  • by

चाँद खोज्दैछ आज अन्धकारमा साथ तिम्रो
उता जुन टुलुटुलु हेरि सुन्छ, बात तिम्रो

स्वयम तिमी चम्कन्छौ अँधेरी यो प्रहरमा
प्यारले जगत उज्यालो दिन्छौ कस्तो मात तिम्रो

आज पनि उही पुरानै तारिक

  • by

आज पनि उही पुरानै तारिक खेपी धाउँदै छु
पत्र काटी बोलाउदा अदालतमा आउदै छु

हिरासतमा थियो मन धरौटीमा छाड्ने भन्छन
सबुत प्रमाण प्रेम पत्र एकेक गरी पाउँदै छु

तिम्रै कारणले मन आज

  • by

तिम्रै कारणले मन आज भाँडिएको हो
अनियन्त्रित भई एकाएक छाडिएको हो

म त भन्छु अझैपनि केही बिग्रेको छैन
भन्दिउँला नियतिले नै यस्तो पारिएको हो

सम्झिएर कसुर तिम्रो

  • by

सम्झिएर कसुर तिम्रो हाले रिट अदालतमा
माया लाउँदा हार जित कस्को सबै हुन्छ वकालतमा

मुद्दा त्यतै पल्टियो भने सहुँला हारको चोट
नत्र भने तिमीलाई राख्छु मनको हिरासतमा

देखाउछु कट्घरामा उभिएर सबुत प्रमाण सहित
तिमीले पठाएका एकाएक पत्र राखेकोछु हिफाजतमा

दिल चोर्ने जमात बढ्दै छ

  • by

दिल चोर्ने जमात बढ्दै छ शहरमा
रंगमंन्च तात्न थाल्यो संगितबद्ध बहरमा

नशाको मातले उन्मुक्त छ जवानी यहाँ
सराबले जे दिन्छ अब, छैन त्यो जहरमा

बिरानो यो ठाउँको सुनसान अँधेरीमा

  • by

बिरानो यो ठाउँको सुनसान अँधेरीमा हराउँछु
सपनीमा कालो काग देख्दा आफै डराउँछु

रुँदिहुन कराउँदिहुन मझेरीमा बस्दै आमा
त्यो सम्झिँदै आधीरातमा एक्लै बरबराउँछु

किनारसँग खोलीको भेट गरिदेऊ प्रभु भन्दै
जुन अनि तारा माझमा चाँदसित रिसाउँछु

आखिर मेरै प्यारमा खोट देखायौ

  • by

आखिर मेरै प्यारमा खोट देखायौ सानु
नदिएको मैले कसुर खोट देखायौ सानु

सँगै मिली बनाएको प्रेमको चौतारी यो
भाँच्दै आदि पिपल को बोट देखायौ सानु

अन्तिम प्राणसम्म बस्दा (प्रणय दिवस)

  • by

अन्तिम प्राणसम्म बस्दा आज आखिर हरायौ प्रिय
मलाई ल्याको प्रेम पुष्प मेरै लाशमा चढायौ प्रिय

ढिलै भएपनि हातमा, गुलाफ बोकी आउदा तिमी
सेतो बस्त्र ढाँकी मोठमा, मलाई देखी करायौ प्रिय

कति धाउँथे तड्पाउथ्यौ अझै अन्तिम आशा थियो
घमन्डले गर्दा तिम्रौ, यस्तो हालत गरायौ प्रिय

पर्खिएर तिम्रै बाटो

  • by

पर्खिएर तिम्रै बाटो हेरी बसेँ गाउँमा प्यारा
कस्तो छ नि तिम्लाई अचेल बिरानो यो ठाउँमा प्यारा ।

गाँस बास कमाई गरी खाने बाटो छैन देशमा
जानु पर्यो बिदेशीको आखिर आज पाउँमा प्यारा ।

मेला पर्म अईचो पैचो गरी टार्छु बरु छाक
मेरो लागि आफ्नो जीवन नराख न दाउमा प्यारा ।

मेरै यादले सपनीमा कराउँछ्यौ

  • by

मेरै यादले सपनीमा कराउँछ्यौ रे अचेल
लेकबेँसी गर्दा गर्दै टोलाउँछ्यौ रे अचेल ।

बिछोडको बियोगमा मुर्छा पर्दै एक्लै बस्दा
याद आउँदा तस्बिर हेरी हराउँछ्यौ रे अचेल ।

आखिर सबै संसार मास्ने हुन्छन्

  • by

आखिर सबै संसार मास्ने हुन्छन् अभागीको
पिर ब्यथा मनका कस्ले, सुन्छन् अभागीको ।

जो ओराली लागेको छ त्यसैलाई खेद्दै सबले
बिना काममा फसाउँदैजाल, बुन्छन् अभागीको ।

आमा तिम्ले कोख (संयुक्त गजल)

  • by

आमा तिम्ले कोख बाँझै राखेको भए हुन्थ्यो
भ्रष्ट्र सन्तान पाउनु भन्दा मासेको भए हुन्थ्यो
-रामकृष्ण पौडेल अनयास

आँखा भरी हिमचुली नितान्त एक मेरो कथा
बोकी सदा सिङ्गो आश्मान ढाकेको भए हुन्थ्यो
-लक्ष्मण ‘मिलन’ विष्ट

पर्ख आमा एउटा म निकास लिई आउँछु

  • by

पर्ख आमा एउटा म निकास लिई आउँछु
बुद्ध सीता शान्ति भन्दै बिकास लिई आउछु ।

आँङ ढाक्ने बस्त्र अनि तिम्रो ईज्जत लुट्न खोज्दा
कालो बादल च्याती भिन्नै, आकाश लिई आउँछु ।

अझै फेरि बिद्रोहको राँको

अझै फेरि बिद्रोहको राँको बाल्नु पर्छ
एउटा ठोस निर्णयको कदम चाल्नु पर्छ ।

दिनानु दिन महंगीले घाँटी थिची मार्दा यहाँ
अत्याचारी ज्यानमारा यो सरकार ढाल्नु पर्छ ।

सानै छु नि बाबा (सवाल-जवाफ)

  • by

सवाल – सरस्वती न्यौपाने

सानै छु नि बाबा अहिले बेको उमेर भाको छैन
बिश्वास गर्नुस छोरीमाथि ईज्जत फाली गाको छैन ।

जुन संकारमा हुर्काउनु भो त्यही संकारमा रमाउदै छु
सरलतालाई त्यागी आज डिस्कोतिर धाको छैन ।

जवाफ – रामकृष्ण पौडेल अनयास

दुनियाको छोरीले नाक कट्दै गाको देख्दा छोरी
आत्तिन्छ मन तिम्रो उमेर सोर्ह्र सालमा टेक्दा छोरी ।

रीतिरिवाज परम्परा तोड्दै मोड्दै जादा अचेल
साथि संगत जान सक्छ आफ्नै मनलाई छेक्दा छोरी ।

कहाँ खोज्छौ मलाई (जवाफ-जवाफ)

  • by

सवाल – मिथिला प्याकुरेल “मिथ्या”

कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म
छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म

जवाफ – रामकृष्ण पौडेल “अनयास”

मेरो आँसुलाई सोधी हेर कहाँ खोजिन र मैले
मनलाई तनलाई बतासलाई कहाँ सोधिन र मैले

हामी दुईको बिचमा (सवाल-जवाफ)

  • by

सवाल – रामकृष्ण पौडेल “अनयास”

हामी दुईको बिचमा सरु कुलघरान जात थियो
धनी गरिव आकाश पाताल संम्बन्धको बात थियो

मेरो हातको चल्ने भए बाँड्थे आधी गाँस पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो

जवाफ – सरस्वती न्यौपाने “सरु”

दुनियाले बनाएको जातमा खसे आँसु मेरा
बीच बाटोमै छाडी दिने बातमा खसे आँसु मेरा

जात भन्दा माया ठुलो भन्थे सधैं आट गर्नु
दोष लगाई लत्याई दियौ लातमा खसे आँसु मेरा