Skip to content

रामकृष्ण पौडेल अनायास

ताल हराएको बाजा

वर्षौदेखि जिन्दगीका धुनहरू जन्माइरहेको छ
पारि डाँडामा लुक्न दौडेको
घाम हेरेर उ,
आज पनि सपनाको सुन्दर कल्पना
गर्न पक्कै छाडेको छैन
सास रहुन्जेल आफ्नो रगत सुकाएर
अरुको अनुहारमा खुशी भर्न चाहन्छ

सपना देखाएर मुटु

सपना देखाएर मुटु टुटाउँछ्यौ भने काली
अब केही बोल्दीन संम्बन्ध छुटाउँछ्यौ भने काली ।

के गल्ती गरे आखिर माया गर्छुभन्दा मैले
म सहिँदिउँला आँसुले चुटाउँछ्यौ भने काली ।

सुनको महल नसके नि संसार दिन्थे खुशीको
आफ्नो भन्दिन भो मेरै बस्ती उठाउँछ्यौ भने काली ।

दुई मुक्तक (जून पठाइदिन्छु)

जून पठाइदिन्छु, तिमीलाई तारा पठाइदिन्छु
जिन्दगीका हर खुशी सारा पठाइदिन्छु
तिमीपनि आउछ्यौ भने आऊ प्रिया मैसँग
यहाँसम्म आउने गाडी, भाँडा पठाइदिन्छु

आगोलेभन्दा यादले बढी पोल्छ
आँसुका ढिकाले हेर यही बोल्छ
मूल्य हुदोहो त आँसुको धनी हुन्थे
साँझमा सराबले सबै व्यथा खोल्छ

गरिबको आँखाबाट आँसु

गरिबको आँखाबाट आँसु झरिरहेको देख्छु
भोको पेटमा पानी भन्दै मरिरहेको देख्छु

हे प्रभु ! अँझै दु;ख देऊ बरु चाडै मर्न त सक्छ
के गरोस् बिचरा ! तिम्रै शरण परिरहेको देख्छु

मेरो चिता फुलै फूलले

मेरो चिता फुलै फूलले सजिएको हुदाखेरि
सबका आँखा रसाउँदाहुन मेरी उनी रुदाखेरि ।

मेरो प्राण मेरो भाग्य तिमीनै हौभन्दा भन्दै
भक्कानिदै ढल्छिंन होला शिरको सिन्दुर धुदाखेरी ।

निलो साइकल

समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त । साईकलको घंटी ढोका अगाडि हिजो अस्ति गुन्जीई सक्थ्यो । निरास हुँदै कोठा भित्र पस्छु । अनि एकै छिन टेवलमा फिजाइएका किताबहरू एकएक गरी हेर्छु पन्ना पल्टाउँछु । प्रत्येक शब्द शब्दमा उनकै प्रतिबिम्ब देख्छु । फेरि बन्द गर्छु । अनि हत्तपत्त बाटोमा साइकलको आवाज सुन्छु र बाटो तर्फ दौडन्छु । जाँडिया पो परेछ । रोकेर व्यर्थै निउपो खोज्न थाल्छ । म सुरुक्क फेरि फर्कन्छु घटी हेरेको ९ बजेर २७ मिनेट भएको रहेछ । २०६० सालमा केको मोवाइल लिन पाइन्थ्यो ? नत्र फोन हजार चोटी हान्थे होला ।

वर्गसङ्घर्ष

सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो रङको धारिवाल कमिज लगाएकी थिई । एक हिसाबले प्रशान्त प्रभाको रुप वसन्त ऋतुमा फक्रिएको फूलजस्तै जीवन देखेर भित्रभित्र पागल भइसकेको थियो ।

सरकार ढाल्न सडकमा

  • by

सरकार ढाल्न सडकमा राँके जुलुस बाल्दैछन् रे
बिपक्षिदल मिल्दै आखिर शासन सत्ता ढाल्दैछन् रे ।

जुन जोगी आए पनि सबै उस्तै बस्त्र भिरी
जन्ता मारी आफ्नै झोली भोर्ने चाल चाल्दैछन् रे ।

सक्दिन म सुन चाँदीले

  • by

सक्दिन म सुन चाँदीले भोरिएको डोली ल्याउन
माया दिन्छु नभन है टल्किने त्यो चोली ल्याउन

मन मुटु दिन सक्छु दिन्न झुटो संसार अब
माया भोर्न तयार छु खाली झोली ल्याउन

बिर्सुभन्दा याद आउछ

  • by

बिर्सुभन्दा याद आउछ बिताएका रातहरू
युगौ युग बाँच्छ भन्थ्यौ हामी दुईको साथहरू ।

बलेकै त ताप्छन् आगो निभेको के अर्थ छ
त्यसैले त एका एक दिन थाल्यौ घातहरू ।

हामी दुईको बिचमा

  • by

हामी दुईको बिचमा सानु कुलघरान जात थियो
धनी गरिव आकाश पाताल संम्बन्धको बात थियो ।

मेरो हातको चल्ने भए बाँड्थे आधि गास पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो ।

आफैबाट आफैलाई धोका हुदैछ

  • by

आफैबाट आफैलाई धोका हुदैछ आज
जीवन आखिर पानीको फोका हुदैछ आज ।

मलाई बर्वाद गरी आफू रामाउछौ भने
तिम्रो माया हावाको झोका हुदैछ आज ।

शिरको सिँन्दुर एक धर्को

  • by

शिरको सिँन्दुर एक धर्को मेटिन नि सक्छ
मायामा नि चिसो कतै भेटिन नि सक्छ ।

मेरो प्राण तिमीनै हौ भन्दै माया गर्दा पनि
चोखो मुटु आज आफ्नै रेटिन नि सक्छ ।

यता माया टुटाएर

  • by

यता माया टुटाएर पराईसँग जोड्यौ आखिर
नचाहँदा नचाहँदै सम्बन्धलाई तोड्यौ आखिर

अन्तिम चोटि भेट्छु भन्दै पारिबाट आउदै थिएँ
वारि हुदै बेसीबाटै आउने बाटो मोड्यौ आखिर

आज तिम्रो बियोगमा छट्पटिदै भुइमा लड्दा
सिउदोमा एक धर्को सिन्दुरले कोर्यौ आखिर

म मर्दा प्यारी गलाको पोते

  • by

म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर
सौभाग्य पुछी त्यो रातो साडी नपोल्नु बिर्सेर

आफन्त सबै बैरी नै बन्छन् बिधवा देख्दा
आफ्नैलाई टोकीभन्दा नि फेरि नबोल्नु बिर्सेर

तारिख झेल्दै थिई

  • by

तारिख झेल्दै थिई फैसला आउँदै छ रे
मन भाँडिएकै थियो बरा ! सफाई पाउँदै छ रे

यौवनले मात्तिएर कतिको मन मार्दै हिन्थी
मुलुकी ऐन ज्यान मारेको “दफा २८” लाउँदै छ रे

गास खोसियो

  • by

गास खोसियो आङ् ढाक्ने बस्त्र एकाएक हराउदा
रमितेहरू ताली पिट्छन बियोगले कराउदा

चिच्याउँछु बोलाउँछु काल, शिथिल छ अस्थिपन्जर
प्राण मुस्किल छ जान चस्कन्छ मुटु चराउदा

आयु बढोस तिम्रो

  • by

आयु बढोस तिम्रो भन्दै मैले पूजा गर्दै थिए
तिम्रो नाममा भगवानलाई फूल प्रसाद भर्दै थिए

अग्निमा होम हाल्दै थियौ लगनगाँठो कस्दै आखिर
जीवन सफल होस् भन्दै, म अक्षता छर्दै थिए

बिना आगो जल्दो रैछ

  • by

बिना आगो जल्दो रैछ आफ्नै चिता आज
बिना कसुर बयान माग्छन् छुदै गीता आज

जाल झेल माया जाल गर्दै आफ्नो नाममा पार्छन्
मुटु भित्र बस्ने जग्गा, छैन एक कित्ता आज