(१)
बिना मियोमा
आज-भोलिका नेता
मनपरिले
देशमा भाँडभैलो
उनीहरूको जीत ।
2)
बिना स्थितिले
आजभोलिको चाड
रुप न रंग
बिकृति छर्दै यता
बिगार्यो नेपालमा ।
(३)
अथाहा माया
लगाउन पुगेछु
डुबेछ मन
फर्कनेलाई बाटो
खोज्दै हिडे अचेल ।
4)
देशको दशा
निकैनै बिग्रेको देख्दा
निराश जन्ता
बिकल्प खोज्दै हिँडी
खालि हात फर्किए ।
रामकृष्ण पौडेल “अनयास”
भरतपुर-१३, गजलकुन्ज चितवन
