Skip to content

मृत्यु दैव समयलाई

  • by


मृत्यु दैव समयलाई छेक्छु भन्दा छेकिदैन
आफ्नो भाग्य आज आफै लेख्छु भन्दा लेखिदैन ।

नियतिको खेल नै हो कर्मको फल भोग्नु पर्छ
त्यसैले म आज स्वर्ग देख्छु भन्दा देखिदैन ।

जे लेख्या छ बिधाताले त्यही हुन्छ निधारमा
राम्रो लेखि नराम्रोलाई मेट्छु भन्दा मेटिदैन ।

मरेपछि चितामा लास बगरमा जलाउदा
आफ्नै अस्तु अन्तिम चोटी भेट्छु भन्दा भेटिदैन ।

रामकृष्ण पौडेल “अनयास”
भरतपुर-१३, गजलकुन्ज
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *