तिमी फुल्यौ भन्ज्यांग पारी म चै परेँ वारी
त्यो भन्ज्यांगको बिचमा पर्यो ठुलो काडा घारी !
काडा काटी आउ भन्दा च्यात्ला तिम्रो सारी
कसरि पो दिन रात काट्नु तिम्लाई माया मारी !!
चोर भनी भनौँ भने प्रमाण बिना गार्हो भो
मेरो मुटु चोरेकै हो बाच्न मलाई सार्हो भो
ईमान्दार हुन्छु भन्दै आयौ मेरो मुटु बीच
थाहा नदिई लिई गयौ रहेछौ है सार्है निच
खोक्रो आत्मा भए पनि तिम्रो सामु हाँस्न सक्छु
भोको पेट भए पनि दुई चार दिन बाँच्न सक्छु
तिम्री लागि मेरो जीवन गलत नै भए पनि
सच्याउने छु म त्यस्ता गल्तीहरूलाई पनि
जीवनमा अघि बढ्दा खुट्टा तान्ने मात्रै पाउछु
जती खुट्टा ताने पनि अघि बढ्ने कोसिस गर्छु
प्रकृतिको सुन्दर फूलझैँ मैले भेट्दा थिईन उनी
त्यहीँ फूलको सुबास भई मेरो दिलमा आईन उनी
त्यो सुबास फैलिई रहेछ आज मेरो शरिर भरि
त्यसले त उनलाई भुल्न गार्हो भयो जुनी भरि
हालत भयो है साथी बिग्रेका कामहरू जति सबै श्रीमानमाथि
सप्रेका कामहरू सबै श्रीमतीजीले दिएको सल्लाहको प्रगति
त्यसले त भएका होलान रामे, श्यामे र बिर्खे रक्सीको साथी
तपाई हाम्रो चै नभईदिए हुन्थ्यो तिनीहरूको जस्तो दुर्गति