सत्र बर्षे जवानीलाई सम्झी ल्याउँदा खेरी
त्यो बेलाकी प्रेमिकाको याद आयो फेरि
सुख दुख सँगै बाड्ने बाचा गर्थ्यौ पहिले
भेट घाट नभएरै बर्षौ बित्यो अहिले
उनी जता भएपनि सम्झी रहन्छु मैले
उनको व्यथा बुझ्न पाईन हामी छुट्नु पहिले
मेरो लागि उनी धेरै छट्पटन्थिईन् जहिले
त्यो बेलामा उनको इच्छा मारिदिए मैले
आज फेरि देखे मैले उस्तै उस्तै परी
सपनीमा आई घुम्छिन मेरै वरिपरी
उस्तै रुप उस्तै बोलि उस्तै हाउ भाउ
भन्न कहिल्यै सक्दिनम मेरै नजीक आऊ
उनकै यादमा आज म यो कविता लेक्छु
बिपनी वा सपनी होस् उनीलाई नै देक्छु
त्यसले त जवानीलाई सम्झी सम्झी रुन्छु
उस्तै कोहि देखे भने उनकै यादमा हुन्छु
मेरो व्यथा बुझिदिने तिमि थियौ पहिले
मेरो नजीक आई राख माफी देऊ अहिले
बिगतको गल्तीहरूलाई सम्झदै छु मैले
त्यसले त तिम्रो यादमा तड्पिरहेछु जहिले
