Skip to content

बिर्सनलाई कोसिस नगरेको हैन


बिर्सनलाई धेरै कोसिस नगरेको हैन मैले
तिम्रो यादमा धेरै पागल नभएको हैन पैले
अँझै पनि किन किन मेरो अघि तिम्लाई देक्छु
लेखनै परे तिम्रै बारे कविता र कथा लेख्छु

मेरो दिलको इतिहासमा तिम्रो रुप गडी
मेरो आत्मा तिम्लाई पाउन भित्रैदेखि मरी
जगाई देऊ यो आत्मालाई मल जल गरी
त्यसो भए यो जीवन फुल्थ्यो फूल सरी

त्यहीँ फुलको बास्ना बनी तिम्रै वरिपरि
तिम्ले नआऊ भने पनि आउथे घरिघरि
एक दिन तिमीले पनि मल जल गरी
मेरो माया स्वीकार्नेछौ अमर हुने गरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *