प्रकृतिको सुन्दर फूलझैँ मैले भेट्दा थिईन उनी
त्यहीँ फूलको सुबास भई मेरो दिलमा आईन उनी
त्यो सुबास फैलिई रहेछ आज मेरो शरिर भरि
त्यसले त उनलाई भुल्न गार्हो भयो जुनी भरि
उनको रुपको बर्णन गरि थाक्ने छैन जैले पनि
उनको यादमा कल्पी कल्पी मर्ने छैन कैले पनि
उनी पनि बिबस छिन भुल्ने छैनन जैले पनि
हाम्रो भेट घाट नभए नि भुल्ने छैनन कैले पनि
उनले दिए बिष पनि अमृत ठानी पिउने थिएँ
उनी सँगै जिउन पाए बर्षौ वर्ष जिउने थिएँ
उनको बोली सुन्न पाए गीत ठानी सुन्ने थिएँ
उनको मुस्कान हेर्न पाए फिल्म ठानी हेर्ने थिएँ
मैले उनलाई पाउने भए उनलाई पाउन धाउने थिएँ
उनको गाथा गाउन पाए गित बनाई गाउने थिएँ
पिउन पाए प्याश लाग्दा पानी ठानी पिउने थिएँ
नशा लागे उनकै छेउमा लठ भई झुम्ने थिएँ
हिजो आज आउन लागिन सपनीमा उनी
तिनकै यादमा कल्पनामा डुब्दैछु म पनि
नशा दिई जाने गर्छिन मेरो दिलमा तिनी
बिपनीमा आउ भन्न सक्दै सक्दिन म पनि
धन्यवाद !!

WOOOOW nikai ramro rahicha
WOOOOW nikai ramro rahicha unako samjhana ma lakhanu vayko kabita keep it up sir